बुधबार, भदौ ३, २०८३

प्रधानमन्त्री देउवा सुनसरी जाने, यस्तो छ दिनभरको कार्यतालिका

प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी जाने भएका छन्। सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टरमार्फत त्यसतर्फ जान लागेका हुन्।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

 काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी जाने भएका छन्। सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टरमार्फत त्यसतर्फ जान लागेका हुन्। 

देउवा बिहान १० बजे धरान पुग्ने र अपरान्ह चार बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यतालिका छ।  त्यसपछि उनले धरानका मेयर तिलक राईको निवासमा खाना खानेछन्।  त्यहाँ उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने मेयर राईका प्रेस संयोजक पारस राईले बताए। 

यस्तै देउवाले पानमारामा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि रहेको छ।

आज नै प्रधानमन्त्री देउवाले धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्नेछन्। उनी धरान डेमा पनि सहभागी हुने छन्। धरान उपमहानगरपालिकाले पुस २० गतेलाई ‘धरान डे’को रूपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्ष मनाउने गरेको छ। 

यस्तै उनले धरानमा नवनिर्मित व्यवहारिक शिक्षालयको पनि उद्घाटन गर्नेछन्। 

प्रकाशित: Jan 04, 2022| 09:19 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...