बुधबार, पुस ३०, २०८२

विमानको शौचालयभित्र नवजात शिशु फेला पर्‍यो, एक महिला पक्राउ

एयर मरिससका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्।
 |  मंगलबार, पुस २०, २०७८

बीबीसी

बीबीसी

मंगलबार, पुस २०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– एयर मरिससका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए।

उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सिवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो। म्याडग्यास्करकी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशंकामा पक्राउ गरिएको छ। शिशुलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। 

पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको छ। ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ भने दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

प्रकाशित: Jan 04, 2022| 11:06 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।