बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख ८ हजार ८८६ पुग्यो

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख ८ हजार ८८६ पुग्यो

भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन्।
 |  मंगलबार, पुस २०, २०७८

रासस

रासस

मंगलबार, पुस २०, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँदिल्ली– भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन्। 

गत २४ घण्टामा भएका संक्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेका छन्। तीमध्ये पनि ७६६ जना निको भएका छन्। सोही अवधिमा थप १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० छ। अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना संक्रमण निको भएका छन्। 

प्रकाशित: Jan 04, 2022| 12:06 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।