शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा ९०० ले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९००ले घटेर ९२ हजार २०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९००ले घटेर ९२ हजार २०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० तोकिएको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Jan 04, 2022| 11:40 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्