सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गण्डकीबाट राष्ट्रियसभामा यसरी गुम्दैछ एमालेको सिट संख्या

मत संख्या भन्दा पनि मतभारका आधारमा निर्वाचित हुने प्रणाली भएकाले गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएको छ। गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका लागि तीन सदस्य चयन हुनेछन्।
 |  मंगलबार, पुस २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

पोखरा- राष्ट्रियसभामा रिक्त हुन लागेको सदस्यको निर्वाचन माघ १२ गते हुने निर्वाचनमा आज दलहरुले उम्मेदवारी दर्ता गराउँदैछन्। मत संख्याभन्दा पनि मतभारका आधारमा निर्वाचित हुने प्रणाली भएकाले गण्डकीमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जित्ने निश्चित छ। गण्डकी प्रदेशबाट राष्ट्रियसभाका लागि तीन सदस्य चयन हुनेछन्।

triton college

गण्डकीका दीनानाथ शर्मा, शान्तिकुमारी बीसी र समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विकको पदावधि सकिँदैछ। २०७८ फागुन २० गतेसम्म गण्डकीका ३ जनाले ४ वर्षे कार्यकाल पूरा गर्दैछन्। पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचनमार्फत सदस्य चुन्नुपर्ने प्रावधान छ। 

निर्वाचनमा प्रमुख प्रतिपक्षी एमाले एक्लै भाग लिनेछ भने सत्तारुढ गठबन्धनले रिक्त पदमा भागबण्डा गरेका छन्। रिक्त पदका लागि नेकपा एमालेले कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्द परियारको नाम टंगो लगाएको छ। परियारले यसमा असहमति जनाएका छन्। निर्वाचनमा पराजित हुने निश्चित भएकाले उनले असहमति जनाएको अरुले प्रतिक्रिया दिएका छन्। एमालेले अन्तिम सिफारिसमा परेका ९ मध्येबाट ३ जनाको नाम टुंगो लगाएको हो।

सत्तारुढ गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसले गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने माओवादी केन्द्रले तनहुँका सुरेश आलेमगरलाई अन्य समूह र गोरखाका भरत सुनारलाई दलित समूहबाट उम्मेदवार बनाउने निर्णय गरेको छ।  जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गण्डकीमा भाग पाएका छैनन्। 

गण्डकी प्रदेशमा ८५ स्थानीय तह छन्। तीमध्ये स्थानीय तहका १७० र प्रदेशसभाका ५९ मतदाता छन्। प्रदेश सरकार सत्तापलट गर्ने क्रममा जनमोर्चाका सांसद कृष्ण थापा कारबाहीमा परेका कारण ६० सदस्यीय प्रदेश सभा ५९ सदस्यीय भएको हो। यसरी गण्डकी प्रदेशमा २ सय २९ जना मतदाता छन्। 

Metro Mart
vianet
सत्तारुढ गठबन्धनको मतभार ३ हजार ३ सय ३६ छ भने नेकपा एमालेको मतभार २ हजार ५ सय ५६ छ। मनाङ बाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ पनि गठबन्धन सरकारमै मन्त्री छन्। 

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ। सोअनुसार सत्तारुढ गठबन्धनको मतभार ३ हजार ३ सय ३६ छ भने नेकपा एमालेको मतभार २ हजार ५ सय ५६ छ। मनाङ बाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ पनि गठबन्धन सरकारमै मन्त्री छन्। 

मतभार हेर्दा गण्डकीमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्ने निश्चितजस्तै छ। तर सबै पार्टीको एकल प्रतिस्पर्धा भएमा सबै सिटमा एमालेले जित हासिल गर्ने स्थिति थियो। ८५ स्थानीय तहको १ सय ७० सिटमध्ये अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयर गरी ७० जना र ६० सदस्यीय प्रदेश सभामा २७ जना प्रदेश सभा एमालेका छन्।

गण्डकीमा एमालेबाट फुटेको एकीकृत समाजवादी कमजोर भएका कारण उसलाई यहाँ भाग दिइएको छैन। स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उप प्रमुख शर्मिला पौडेल क्षेत्रीले मात्र उक्त पार्टीमा सनाखत गरेका कारण सो पार्टीको मतभार १८ मात्रै छ। 

गण्डकीमा ५ दलीय गठबन्धनमा कांग्रेस २१९६, माओवादी ७९२, जनता समाजवादी ९६, राष्ट्रिय जनमोर्चा १५०  र एकीकृत समाजवादीको १८ मतभार छ। यसरी हेर्दा पाँच दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि छ। बागलुङ नगरपालिकाको उपप्रमुख र म्याग्दी बेनी नगरपालिकाको उपप्रमुखमा राप्रपाले जितेको छ।

स्थानीय तहको निर्वाचन हुँदा २ जनाले स्वतन्त्र रुपमा जितेका थिए। तर, स्वतन्त्र चुनाव जितेका मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्ष कोन्जो तेन्जिङ लामापछि कांग्रेस प्रवेश गरे भने मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छेप्तेन गुरुङ एमाले प्रवेश गरेका छन्। प्रदेश र स्थानीय तहमा स्वतन्त्र निर्वाचितले एमालेमा मतदान गरे पनि गण्डकीमा गठबन्धनको जित निश्चित भएको हो।

प्रकाशित: Jan 04, 2022| 11:28 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।