शुक्रबार, मंसिर १२, २०८२

गीतकार भोला नाथको 'राधिका'मा स्मारिका र बद्रीको छमछमी

 |  बिहीबार, मंसिर ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ।

National life

बुधबार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन्। भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो।

कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोमा स्मारिका ढकाल र बद्री प्रसाद तिवारी फिचर्ड छन्। राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ।

गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे। गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो।

Laxmi sunrise bank
kumari

निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे। प्रेम रोमान्सले भरिएको छमछम नचाउने खालको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।

प्रकाशित: Nov 27, 2025| 10:50 बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्