धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोडारीका २३ वर्षीय छोरा बबीलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ। बबीले चलाएको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए।
पुस २ गते सोडारीले चलाएको बागमती प्रदेश–०१– २५ च ६६५५ नम्बरको गाडीले टीकापुर नगरपालिका– १ मा ९९ वर्षीया पैदल यात्री दुर्गादेवी न्यौपानेलाई ठक्कर दिएको थियो। उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएको थियो ।