काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान पुगेका छन्। मंगलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत धरान गएको प्रधानमन्त्री देउवाको सचिवालयका उपसचिव जनकराज भट्टले बताए।
धरान पुगेका देउवा मंगलबार ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। धरान उपमहानगर स्थापनाको अवसरमा मंगलबार उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ।
यसैगरी प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ।
साथै देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।