शनिबार, असोज ३१, २०८३

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको थियो। यसलाई देखेर मानिस हैरान भएका थिए।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको थियो। यसलाई देखेर मानिस हैरान भएका थिए।

तुफान रोकिएपछि घर बाहिर निस्किँदा चारै तिर माछा रहेका थिए। त्यसपछि सहरको आधिकारिक फेसबुक पेजमा यस दुर्लभ घटनालाई विज्ञानले 'एनिमल रेन' भएको बताइएको छ।

एनिमल रेन भनेको आकाशबाट जीव खस्नु हो। यो अवस्था ताल अथवा झिल जस्ता स्थानका कुनै भागमा उथलपुथल हुँदा हुन्छ। अंग्रेजीमा यसलाई वाटर स्पाउट्स भनिन्छ। यो चक्रावतका कारण समुन्द्रको एक भागमा रहेको पानीका साथै साना जीवका तथा माछाहरू बाहिर आएका थिए।

चक्रावत शक्तिशाली बन्दा उसले त्यहाँ रहेका साना जीवहरूलाई आफूसँगै लपेटेर बाहिर फालेको थियो। तुफान कमजोर हुँदा हावामा रहेका माछा जमिनमा खसेका बताइएको छ। त्यो दृश्यलाई हेर्दा आकासबाट माछाको वर्षा भइरहे झैँ लाग्थ्यो।

यो घटना गत बुधबार भएको थियो। द टेक्सरकाना गजट अखबारमा छापिएको समाचार अनुसार ठूला माछा ७ देखि ७ इन्चसम्म लामा थिए। ती माछाको टाउको फुटेको थियो। यसले उनीहरू निकै माथिबाट खसेको पाइएको समाचारमा उल्लेख छ। केही मानिसले ती माछालाई संकलन गरेर घर लगेको बताइएको छ।

यस्तै प्रकारको घटना १८६१ मा सिंगापुरमा पनि भएको थियो। त्यहाँ लगातार तीन दिन माछाको वर्षा भएको थियो। र, १७९४ मा फ्रान्सको लिली सहरमा पनि भ्यागुताको ठूलो वर्षा भएको थियो।

प्रकाशित: Jan 04, 2022| 12:14 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।