बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हुम्लाका दुई बिरामी हेलिकप्टरमा सात लाख तिरेर काठमाडौंमा

हुम्लाका दुई बिरामी हेलिकप्टरमा सात लाख तिरेर काठमाडौंमा

नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।
 |  मंगलबार, पुस २०, २०७८

रासस

रासस

मंगलबार, पुस २०, २०७८

सिमकोट- नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।

National life

उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौंबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङबहादुर लामाले बताए।

‘आफ्नै खर्चमा बिरामीको उद्धार गरेका हौं, सात लाख ५० हजार महङ्गो हवाई भाडा तिरेर उपचारका काठमाडौं लगिएको छ,’  उनले भने। गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौं लगिएको उनले बताए।

काठमाडौंबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो।

पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहेको थियो। आइतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकोप्टर मगाएर जिल्ला बाहिर लगिएको हो।

Laxmi sunrise bank
kumari

पच्चीस वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो। बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएको जानकारी प्राप्त भएको छ।

उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन्। हिउँदयाममा यस क्षेत्रमा चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ।

यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ। बिरामी आफैंले हेलिकोप्टर रिजर्भ गर्दा सातदेखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।

प्रकाशित: Jan 04, 2022| 10:05 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।