काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। ट्वीट गर्दै केजरीवालले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
आम आदमी पार्टी (आप) प्रमुखसमेत रहेका उनले आफ्नो स्वास्थ्यवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा बसेको बताएका छन्। उनले पछिल्ला केही दिनमा आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई आइसोलेट गर्न र कोरोनाको परीक्षण गराउनसमेत आग्रह गरेका छन्।
‘मैले कोभिडको परीक्षण गरेको छु र कोभिड देखिएको छ। अहिले घरमै आइसोलेसनमा बसिरहेको छु पछिल्ला केही दिनमा जो मसँग सम्पर्कमा आएका छन्, कृपया आफूलाई अलग गर्नुहोस् र आफ्नो परीक्षण गराउनुहोस्,' केजरीवालले ट्वीट गरेका छन्।
I have tested positive for Covid. Mild symptoms. Have isolated myself at home. Those who came in touch wid me in last few days, kindly isolate urself and get urself tested
— Arvind Kejriwal (@ArvindKejriwal) January 4, 2022