बुधबार, जेठ २०, २०८३

ज्येष्ठ नागरिकलाई न्यानो कपडा

महानगरपालिकाको जनकल्याणकारी योजनाअन्तर्गत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

विरगञ्ज- तराईमा पछिल्लो एक सातायता चिसो बढ्दै गएपछि प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ।

National life

महानगरपालिकाको जनकल्याणकारी योजनाअन्तर्गत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए।

प्रमुख सरावगीका अनुसार प्रतिज्येष्ठ नागरिक एक थान कम्बल, झुल, छाता, टर्चलगायत सामग्रीको प्याकेज बनाएर वितरण गरिँदै आएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई वितरण गर्ने लक्ष्य रहेको छ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिकाबाट भत्ता सुविधा लिँदै आएका कूल छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरण गरिने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Jan 04, 2022| 09:05 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।