बुधबार, भदौ ३, २०८३

माओ‌वादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लगाएका छन्।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लगाएका छन्।

माओवादीले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। 

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको थियो। यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

प्रकाशित: Jan 04, 2022| 09:55 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...