युवा तथा खेलकुद सम्बन्धी विषयगत समितिको बैठक सम्पन्न भएको छ। युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा बसेको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन्।
रत्नकुमारी बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा पढ्दैछिन्, जहाँ पढ्ने अधिकांश विद्यार्थीको उमेर १६ वर्ष आसपासको हुन्छ। उनी भने ७८ वर्षको उमेरमा युवा विद्यार्थीकै जोश लिएर क्याम्पस गइरहेकी छिन्।
कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
रुसको वास्तविक उद्देश्य युक्रेनको राजधानी किभ र अन्य प्रमुख सहरहरु कब्जा गर्ने र अहिलेको सरकारलाई अपदस्थ गर्ने रहेको छ। यद्पि एक महिनासम्म निरन्तर आक्रमण गर्दा पनि युक्रेन नगलेपछि मनोवैज्ञानिकरुपमा रुस...
सञ्चारिका समूह नेपालको आठौं महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन्। शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार कमला पन्थीलाई दुई मतले पराजित गर्दै तुम्खेवा विजयी भएकी हुन्।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२...
अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले आज साँझ एक नाबालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने भएका छन्।