आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले पाँचौं बिम्स्टेक सम्मेलनलाई बुधबार सम्बोधन गर्ने

प्रधानमन्त्रीले पाँचौं बिम्स्टेक सम्मेलनलाई बुधबार सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने भएका छन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने भएका छन्।  

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी  हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्रमन्त्री  खड्का यही चैत १५ गते श्रीलंकाको कोलम्बोमा हुने बिम्स्टेकको १८ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछन्। त्यहाँ रहँदा उनले बिम्स्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। बैठकमा भाग लिन मन्त्री खड्का यही चैत १४ गते कोलम्बो प्रस्थान गर्ने तथा चैत १७ गते काठमाडौँ फर्किने छन्। 

परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखा प्रमुख घनश्याम भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत १४ गते हुने बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २२ औँ बैठकमा शारीरिक रूपमा सहभागी हुनेछ।

पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा  चैत १४  देखि १६ ‘हाइब्रिड’ ढाँचामा आयोजना हुँदैछ। यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता,उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ।

प्रकाशित: Mar 26, 2022| 06:00 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...