शुक्रबार, जेठ १, २०८३

परशुरामका विद्यालय पाँच दिन बन्द गरिने

डडेल्धुराको परशुराम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने भएको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- डडेल्धुराको परशुराम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने भएको छ। 

National life

विद्यालयमा कार्यरत अधिकांश शिक्षक शिक्षक सेवा आयोगको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको परीक्षामा सहभागी हुने भएकाले पठनपाठमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै नगरपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाको शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले आगामी चैत १४ गतेदेखि १८ गतेसम्म नगरभित्रका सबै विद्यालय पाँच दिनसम्मका लागि बन्द निर्णय गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।

उक्त पाँच दिनको बिदालाई आगामी शैक्षिक सत्रको बर्खे बिदाबाट कट्टा गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ पनेरुले बताए।


प्रकाशित: Mar 26, 2022| 08:05 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्