बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने सम्झौता

सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने सम्झौता

सिद्घार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसिस मेसिन प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- सिद्घार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसिस मेसिन प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोसी अस्पतालका तर्फबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले बुधबार हस्ताक्षर गरेका हुन्।

कोसी अस्पतालले उक्त मेसिन अस्पतालमा आउने बिरामीको उपचारका लागि प्रयोग गर्नेछ। बैंकको उक्त सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको छ।

प्रकाशित: Mar 26, 2022| 08:20 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्