बुधबार, चैत ४, २०८२

शिक्षामन्त्री पौडेलद्वारा ढोरपाटन-साल्झन्डी सडकको अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन्।

National life

अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। 

'सडकको काम कुनै हालतमा नरोकियोस्,' मन्त्री पौडेलले भने, 'प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै काम अघि बढानुहोला।'

मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीव्र रूपमा अघि बढाउन निर्देशन दिए। 

यसवर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ।

Laxmi sunrise bank
kumari

यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्टक्सन प्रालिका सञ्चालक सोमनाथ थकाली जानकारी दिए। 

'हामीले काम तीव्र रूपमा गरिरहेका छौं,' सोमनाथ थकालीले भने, 'असार मसान्तसम्म पाँच किलोमिटर सडक पक्की गरिसक्छौं, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गछौं।' १० किलोमिटर सडक कालोपत्रे गर्न  गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ। सोही  सडकको जिम्मा लामा कन्ट्रक्सन प्रालिले लिएको छ।

प्रकाशित: Mar 26, 2022| 08:30 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्