काठमाडौं- तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी शिवपुरी हाइकिङ्मा गएका छन्।
उनी शनिबार बिहान हाइकिङमा गएको बताइएको छ। यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए। उनी हाइकिङ्का सौखिन नेता हुन्।
शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्।
वाङले परराष्ट्र मन्त्री नारायण खड्कासँग दुई पक्षीय वार्ता गर्ने छन्। शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी चीन फर्किने कार्यक्रम रहेको छ।