मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक्सेस एजुकेसन नेटर्वकको आयोजनामा ‘एक्सेस अष्ट्रेलिया एड्मिसन वीक’ हुँदै

एक्सेस एजुकेसन नेटर्वकको आयोजनामा ‘एक्सेस अष्ट्रेलिया एड्मिसन वीक’ हुँदै

एक्सेस एजुकेसन नेटर्वकको आयोजनामा यही चैत्र १३ गतेदेखि १८ गतेसम्म ‘एक्सेस अष्ट्रेलिया एड्मिसन वीक’को आयोजना हुने भएको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- एक्सेस एजुकेसन नेटर्वकको आयोजनामा यही चैत्र १३ गतेदेखि १८ गतेसम्म ‘एक्सेस अष्ट्रेलिया एड्मिसन वीक’को आयोजना हुने भएको छ। 

यस कार्यक्रममा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुले आफ्नो करियरको योजना बनाउन सक्ने एक्सेस एजुकेसन नेटर्वकले जनाएको छ।

एक्सेस अष्ट्रेलिया एड्मिसन वीकमा अष्ट्रेलियामा भएका कलेज तथा युनिभर्सिटी सम्बन्धि जानकारी, त्यहाँका भर्ना प्रक्रिया र पढाइ हुने कोर्सको बारेमा विद्यार्थीहरुले बुझ्न सक्नेछन्। उक्त कार्यक्रममा विभिन्न कोर्षहरुमा लाग्ने शुल्क, छात्रबृत्तिलगायतका विभिन्न अफरको सुविधा समेत रहेको छ।

६ दिनसम्म चल्ने उक्त कार्यक्रमा काठमाडौंमा रहेका आफ्नो कार्यालय पुतलीसडक तथा शाखा कार्यलयहरु बानेश्वर र ललितपुरको कुमारीपाटीबाट सेवा प्रदान गरिने एक्सेसले जनाएको छ।

यस कार्यक्रममा अष्ट्रेलियाबाट हार्बर कलेज, सिड्नी मेट्रो, क्वीन्सफोर्ड कलेज, साउर्थन एकाडेमी, सिड्नी सिटी कलेज, र्यान्सफोर्ड कलेज, मेडिकस कलेज, प्यासिफिक कलेज, भाइब कलेज, सेन्टरबरी इन्सिच्युट, क्राउन इन्सिच्युट, अष्ट्रेलासियन इन्टरनेसनल एकाडेमी, स्कील्स अष्ट्रेलिया इन्सिच्युट, इन्टरनेशनल इन्सिच्युट अफ एजसकेशन, आरजी आइ टी अष्ट्रेलिया, अष्ट्रलियन टेक्निकल कलेजका प्रतिनिधिको पनि उपस्थिति रहने एक्सले जनाएको छ।

विगत १७ वर्षदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया, युके, अमेरिका, न्युज्यल्याण्डलगायतका विभिन्न देशमा जाने विद्यार्थीलाई भर्ना तथा गुणस्तरिय परार्मश प्रदान गर्दै आएको एक्सेसका नेपालभरमा काठमाडौं, चितवन, पोखरा, बुटवल, बिराटनगर र बिर्तामोडमा शाखा कार्यलयहरु रहेका छन्।

प्रकाशित: Mar 26, 2022| 07:00 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्