काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ १७ पैसा र बिक्री दर १६० रुपैयाँ ९६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३७ पैसा र बिक्री दर ९१ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४७ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ४८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर