शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पर्सामा तीन हजार २९७ उम्मेदवार चुनावी मैदानमा

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका चौधरीको निधन

तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

श्रीलंकामा राजापाक्षे परिवारको घरमा आगजनी

यसैबीच श्रीलंकामा प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राष्ट्रपति गोटाबाय राजपाक्षे परिवारको घरमा आगजानी गरिदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

श्रीलंकामा भिडन्त, सांसदसहित पाँच जनाको मृत्यु

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन्। श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित पाँच जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

कांग्रेस कार्यकर्ताको आक्रमणबाट आरुघाटमा एमालेका चार जना घाइते

गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

माओवादीका पालिका अध्यक्ष उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताबाट कुटपिट

कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केसी (संजय)लाई कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीबाट झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

माओवादी-एमाले कार्यकर्ताबीच झडप हुँदा हराएकी महिलाको शव फेला

गत वैशाख १९ गतेदेखि हराएकी एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, की अन्दाजी ३५ वर्षीया दुची भनिने जुनमाया बुढा नौ दिनदेखि हराइरहेकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

आज रातिदेखि मौन अवधि सुरु, के गर्न पाइँदैन?

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा हुने

सुदूरपश्चिम, कर्णाली र काठमाडौंसहित गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

नबिल बैंक कर्मचारीका सन्ततिलाई छात्रवृत्ति

नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा कर्मचारीका सन्ततिका लागि छात्रवृत्ति कार्यक्रम सुरु भएको छ। ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरिएको बैंकले सोमबार जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

सन् २०२५ सम्ममा ५५ लाख नर्स पुर्‍याउँदै चीन

सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको संख्या ४.७ मिलियन भन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ। देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

अमेरिका, इंग्ल्यान्ड र अस्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउँदै एनआरएनए

उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

प्रचण्ड किन 'असन्तुष्ट' छन्?

एमालले पनि आफूहरूसँग छलफल गरिरहेको भनेर उनले कांग्रेसलाई धम्की दिएका थिए, विशेषगरी शेरबहादुर देउवालाई। प्रचण्डलगायतकै प्रयासमा प्रधानमन्त्री बनेका देउवा पनि उही मञ्चमा थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

क्यूआर सुविधाका लागि ग्लोबल आइएमई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। बैंकको कर्पोरेट कार्यालयमा हस्ताक्षर भएको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

भोलिदेखि मदिराको बिक्रीवितरण प्रतिबन्ध, जिम्बावेविरुद्धको सिरिजमा नेपालको जित [२०७९-१-२६]

आर्थिक संकटसँगै हिंसा बढ्दै गएपछि श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा, विदेशी मुद्राको अभावबाट उत्पन्न सङ्कट समाधान गर्न माग गर्दै प्रदर्शन जारी
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

वैशाख ३० पछि पाँचदलीय गठबन्धन बागमतीमा सलल : ओली

यही प्रश्न प्रचण्डलाई सोधे उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

गण्डकीका मुख्यमन्त्री र गोरखापत्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्ममन्त्री वा मन्त्री आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

पोखरा कांग्रेसका बागी कार्कीले निष्क्रिय बनाए उम्मेदवारी, गठबन्धनलाई सघाउने प्रतिबद्धता

सत्ता गठबन्धनबाट पोखरा महानगरमा एकीकृत समाजवादीको भागमा परेसँगै कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका कार्कीले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको र गठबन्धनका उम्मेदवारहरुलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

नेपालले जित्यो जिम्बावे 'ए'विरुद्धको एकदिवसीय सिरिज

सिरिजको अन्तिम खेलमा २१४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३३ ओभरअघि नै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि सिरिज जितेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९