शुक्रबार, असार ५, २०८३

एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका चौधरीको निधन

तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

दाङ- तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ। 

National life

एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो। बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको बिरामी थिए। उनले यसअघि तुलसीपुर-१७ को वडा सदस्य भएर काम गरेका थिए।

चुनाब प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारकालागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो। तर,त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। 

त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए। उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए। 

प्रकाशित: May 10, 2022| 07:45 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।