बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्यूआर सुविधाका लागि ग्लोबल आइएमई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

क्यूआर सुविधाका लागि ग्लोबल आइएमई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। बैंकको कर्पोरेट कार्यालयमा हस्ताक्षर भएको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेपाल पे क्यूआर सुविधा प्रवाह गर्न सम्झौता भएको छ। 

National life

सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। बैंकको कर्पोरेट कार्यालयमा हस्ताक्षर भएको हो। 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेसनल पेमेन्ट स्वीचको बिलर गेटवे इन्टिग्रेसन गरी ग्लोबल स्मार्ट प्लस बैंकिङ एपमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानी सेवा प्रवाह गर्नेछ। 

बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट, लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने जानकारी दिएको छ। 

बैंकले ७६ जिल्लामा २८८ शाखा, २५९ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।

Shivam cement

नेपाल क्यिरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म २७ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, १२ वटा फाइनान्स कम्पनी तथा ८ वटा भुक्तानी सेवा प्रदायक संस्था गरी जम्मा ५२ संस्थाहरु आबद्ध गराई सकेको छ। 

प्रकाशित: May 09, 2022| 20:16 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्