मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गण्डकीका मुख्यमन्त्री र गोरखापत्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

गण्डकीका मुख्यमन्त्री र गोरखापत्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्ममन्त्री वा मन्त्री आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री पोखरेललाई तीन दिनभित्र स्पष्ट जवाफ दिन स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- निर्वाचन आयोगले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरण सोधेको छ। आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारी सवारीसाधन प्रयोग गरेर चुनाव प्रचारप्रसारमा गएकाले मुख्यमन्त्री पोखरेललाई स्पष्टीकरण सोधिएको जानकारी दिए। 

National life

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्ममन्त्री वा मन्त्री आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री पोखरेललाई तीन दिनभित्र स्पष्ट जवाफ दिन स्पष्टीकरण सोधिएको आयोगले  जनाएको छ। 

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, आयोगका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सेनालाई पनि स्पष्टीकरण सोधेको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगका अध्यक्ष तिमिल्सेना र उपाध्यक्ष खड्काले मतदातालाई प्रत्यक्ष प्रभाव पार्न भरतपुर–११  गणेशपुरमा भूमिको निस्सा बाँडेको हो भन्ने शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यमबाट जानकारीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। 

आयोगले गोरखापत्र दैनिकलाई वैशाख २२ गते ‘गठबन्धनप्रति इमान्दार बन्न देउवाको आग्रह’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकामा स्पष्टीकरण सोधेको छ। यस्तै उक्त शीर्षकको समाचारले कुनै राजनीतिक दलको प्रचार गर्न हो वा होइन भन्दै तीन दिनभित्र स्पष्ट पार्न भनिएको छ।

यस्तै वैशाख २५ गते ‘बागी उम्मेदवारको प्रभाव नगण्य छ’ भन्ने भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेणु दाहालको अन्तर्वार्ता छापिएको विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए। उनले पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न नपाइने बताए। 

Shivam cement

यस्तै आयोगले उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाले स्थानीय मतदातालाई प्रभावमा पारी राज्यको स्रोतको दुरुपयोग गरी टिनको जस्तापाता वितरण गरेको उजुरी आयोगमा परेकाले २४ घण्टाभित्र  स्पष्टीकरण पेस गर्न भनिएको आयोगका प्रवक्ता पौडेलले बताए।

प्रकाशित: May 09, 2022| 19:26 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...