आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अमेरिका, इंग्ल्यान्ड र अस्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउँदै एनआरएनए

अमेरिका, इंग्ल्यान्ड र अस्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउँदै एनआरएनए

उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं।’
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- गैरआवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताएका छन्।

National life

पछिल्लो खेलकुदमा व्यक्तिगत विधामा मात्र सहभागिता जनाउँदै आएको एनआरएनएले यो वर्ष सामूहिक खेलमा पनि सहभागिता जनाउँदै सहभागी खेलको संख्या १८ पुर्याएको हो।

उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं।’

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ। फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ।

क्रिकेटको टिम इंग्ल्याण्ड (युके) बाट आउने छ। यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउने छ। यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताइएको छ।

Laxmi sunrise bank
kumari

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताएका छन्। विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरे। 

प्रकाशित: May 09, 2022| 21:30 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।