बिहीबार, फागुन २१, २०८२

श्रीलंकामा राजापाक्षे परिवारको घरमा आगजनी

यसैबीच श्रीलंकामा प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राष्ट्रपति गोटाबाय राजपाक्षे परिवारको घरमा आगजानी गरिदिएका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन्। यसैबीच श्रीलंकामा प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राष्ट्रपति गोटाबाय राजपाक्षे परिवारको घरमा आगजानी गरिदिएका छन्।

प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुईजना सांसदको घरमासमेत आगजनी गरेका हुन्। प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन्।

तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउँसो पदबाट राजीनामा दिएका थिए। 

यस्तै श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित पाँच जनाले ज्यान गुमाएका छन्।

झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ। झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

kumari

प्रकाशित: May 10, 2022| 07:35 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।