सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी-एमाले कार्यकर्ताबीच झडप हुँदा हराएकी महिलाको शव फेला

माओवादी-एमाले कार्यकर्ताबीच झडप हुँदा हराएकी महिलाको शव फेला

गत वैशाख १९ गतेदेखि हराएकी एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, की अन्दाजी ३५ वर्षीया दुची भनिने जुनमाया बुढा नौ दिनदेखि हराइरहेकी थिइन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

रुकुम पूर्व- गत वैशाख १९ गतेदेखि हराएकी एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, की अन्दाजी ३५ वर्षीया दुची भनिने जुनमाया बुढा नौ दिनदेखि हराइरहेकी थिइन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले १९ गतेदेखि हराएकी बुढाको शव भेटिएको बताए। १९ गते सोही वडामा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप भएको थियो।

झडपसँगै हराएकी बुढाको शव गाउँकै जंगलमा भेटिएको प्रहरीले जनाएको छ। स्थानीय स्तरमा विवाद भएको र सोही क्रममा हराएको भन्ने बुझिएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

नेकपा एमालेले भने माओवादीका कार्यकर्ताले उनको हत्या गरेको दाबी गर्दै आएको छ। जिल्ला कमिटी अध्यक्ष टोपबहादुर ओलीले विज्ञप्ति जारी गर्दै माओवादी कार्यकर्ताले बलात्कार गरी ती महिलाको हत्या गरेको आरोप लगाएका छन्। उनले दोषि पत्ता लगाएर कारबाहीको माग समेत गरेका छन्।

प्रकाशित: May 10, 2022| 06:44 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।