आइतबार, मंसिर ७, २०८२

नेपालले जित्यो जिम्बावे 'ए'विरुद्धको एकदिवसीय सिरिज

सिरिजको अन्तिम खेलमा २१४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३३ ओभरअघि नै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि सिरिज जितेको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- नेपालले पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ। सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले जितेको हो ।

National life

सिरिजको अन्तिम खेलमा २१४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३३ ओभरअघि नै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि सिरिज जितेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न खेलमा जिम्बावेले ३२ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाएर २३१ रन बनाएपछि नेपालले २१४ रनको लक्ष्य पाएको थियो। जवाफमा नेपालले १७ बल बाँकी रहँदै लक्ष्य पुरा गरेको हो।

बिहान साढे ९ बजे खेलको समय निर्धारण गरिए पनि मैदानको आउटफिल्ड खेल्नलायक नभएपछि खेल साढे दुई घण्टा धकेलिएको थियो। यसकारण एक दिवसीय खेललाई ३३ ओभरमा छोट्याइयो। छोट्याइएको खेलको दोस्रो पारीमा कुशल भुर्तेलले नेपाललाई सुरुबाटै जितको बाटो देखाए।

६१ बलमा सात चौका र चार छक्काका साथ ८४ रन बनाएपछि कुशललाई मवुताले कियाको हातबाट क्याचआउट गराएका थिए। अर्को नेपाली ओपनर आसिफले मभुताकै हातबाट आउट हुनुअघि २९ रन बनाइसकेका थिए। यससँगै ओपनिङमा ७३ रनको साझेदारी गर्यो। नेपालका लागि तेस्रो नम्बरमा मैदान छिरेका सुनिल ६ रनमै आउट भए।

Laxmi sunrise bank
kumari

यता, जिम्बावेविरुद्ध चम्किन नसकेका दिपेन्द्रले अन्तिम खेलमा अर्धशतक बनाए। उनले ४३ बलमा ६० रन बनाए। विनोद भण्डारीले पनि २८ रनको योगदान दिए। आजको खेलमा युवा बलर किशोर महतोले सर्वाधिक पाँच विकेट लिए। 


प्रकाशित: May 09, 2022| 18:34 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।