पोखरा- पोखरा महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका नेपाली कांग्रेसका विमल कार्कीले उम्मेदवारी निष्क्रिय बनाएका छन्। कार्कीले आज उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका उम्मेदवारलाई सघाउने भएका हुन्।
सत्ता गठबन्धनबाट पोखरा महानगरमा एकीकृत समाजवादीको भागमा परेसँगै कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका कार्कीले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको र गठबन्धनका उम्मेदवारहरुलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
'नगरप्रमुख पदमा दिएको मेरो उम्मेदवारीलाई आजैदेखि निष्कृय भएको सार्वजनिक गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन्।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा देशभरका ६ महानगरपालिकामा गठबन्धनले भागबण्डा गरेको छ।