काठमाडौं- देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र काठमाडौंसहित गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।