बिहीबार, फागुन २१, २०८२

श्रीलंकामा भिडन्त, सांसदसहित पाँच जनाको मृत्यु

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन्। श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित पाँच जनाले ज्यान गुमाएका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन्। श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित पाँच जनाले ज्यान गुमाएका छन्।

झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ। झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्। 

प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन्। 

यसैबीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले  सरकार विरोधी प्रदर्शन तिब्र भइरहँदा राजीनामा दिएका छन्।

kumari

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्।

प्रकाशित: May 10, 2022| 07:25 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।