शुक्रबार, साउन २९, २०८३

कांग्रेस कार्यकर्ताको आक्रमणबाट आरुघाटमा एमालेका चार जना घाइते

गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

गोरखा- गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन्। सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको एमालेको आरोप छ।

आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन्। दिउँसो धोरतमा कार्यक्रम सकेर फर्किँदा करिब पौने आठ बजे श्यामचेत आइपुग्दा आफूहरूमाथि आक्रमण भएको एमाले कार्यकर्ताको आरोप छ।

श्यामचेतमा खाजा खाने समयमा एक्कासी आएर कांग्रेस कार्यकर्ताले कुटपिट गरेको स्थानीय वीरबहादुर लामाले बताए। कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भिर रहेको उनको भनाइ छ।

विक्रम लामाको एउटा आँखा गहिरो चोट लागेको र अरुहरूको शरीर तथा टाउकोमा चोट लागेको बताइएको छ। कांग्रेसबाट वडाध्यक्षको उमेदवार गजे घले (सूर्य) नेतृत्वको टोलीले आक्रमण गरेको एमालेले जनाएको छ।

प्रकाशित: May 10, 2022| 07:15 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...