शनिबार, वैशाख २२, २०८१

प्रचण्ड किन 'असन्तुष्ट' छन्?

एमालले पनि आफूहरूसँग छलफल गरिरहेको भनेर उनले कांग्रेसलाई धम्की दिएका थिए, विशेषगरी शेरबहादुर देउवालाई। प्रचण्डलगायतकै प्रयासमा प्रधानमन्त्री बनेका देउवा पनि उही मञ्चमा थिए।
 |  सोमबार, वैशाख २६, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- स्थानीय निर्वाचनको लागि दौडधुपमा रहेका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय ‘अन्टसन्ट’ अभिव्यक्ति दिइरहेका छन्। पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवारलाई मत माग्ने क्रममा कहिले नागरिकलाई धम्की दिन्छन् त कहिले एमाले अध्यक्ष ओलीप्रति खनिएका हुन्छन्। त्यतिमात्र होइन, गठबन्धनमाथि नै आशंका व्यक्त गरिरहेका पनि हुन्छन्, प्रचण्ड।

triton college

आइतबारसम्म सत्ता गठबन्धनको बचाउ गर्दै आफ्ना उम्मेदवारले हारे देश नै दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डले सोमबार एकाएक गठबन्धनभित्रैबाट अन्तरघात हुनसक्ने सन्देह व्यक्त गरे। उनले गठबन्धनभित्रैबाट धोका दिन थालिएको आशंका व्यक्त गरे।

कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसप्रति आशंका गर्दै अझै गठबन्धन ‘क्लियर’ नभएको बताएका छन्। गठबन्धन दलको सहमति विपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएको आशंका उनको थियो। उक्त उम्मेदवारी खारेज नभए आफूहरु एक्लै चुनाव लड्नुपर्ने मत उनले सभामा राखे।

‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो। शेरबहादुर देउवासँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, त्यो खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ। हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन,’ प्रचण्डले भनेका छन्।

प्रचण्डले प्राविधिक कारणले दलहरुले स्वतन्त्र उम्मेदवारी पनि दिनपुगेको भन्दै गठबन्धन अझै  क्लियर नभएको बताए। तसर्थ प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका पार्टीका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन पनि उनले आग्रह गरे। प्रतिगमनविरुद्ध गठबन्धन भए पनि सबै झुक्नैपर्छ भन्ने नरहेको समेत टिप्पणी उनको थियो। यो कार्यक्रममा आफूले कारबाही गरेका उम्मेदवारलाई प्रचण्डले भोट मागेका थिए। यद्यपि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनी धनगढी पुगेका थिए। कार्यक्रम सकेर पनि उनले देउवासँगै धनगढीमा स्टेज सेयर गरे। 

corrent noodles
Metro Mart

तिनै प्रचण्ड हुन्, जसले भरतपुरमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै गठबन्धनले नजिते देश दुर्घटनामा जानेसम्मको चेतावनी दिएका थिए। कांग्रेसबाट भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलले अडान नछोडेपछि गठबन्धनका शीर्ष नेताहरु अघिल्लै दिन उनलाई मनाउन चितवन पुगेका थिए। 

त्यसबेला प्रचण्डले हसियाँहथौडामा मत हालिँदैन भने देश दुर्घटनामा जाने ‘धम्की’ दिए। उनका अभिव्यक्ति कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलप्रति लक्षित देखिन्थ्यो। ‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो। यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो। देशको जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिदैन हसियाँ हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ भरतपुरको सभामा प्रचण्डले भने।

रेणु दाहाल र चित्रसेन अधिकारीलाई विजयी गराए गठबन्धनलाई १०, १५, २० वर्ष लाने प्रतिबद्धता प्रचण्डले दिए। यदि ‘छोरी’ले हारेको अवस्थामा गठबन्धन नरहनसक्ने आशय उनको अभिव्यक्तिमा झल्कन्थ्यो। गठबन्धन टुट्नेस्थिति आएर देश दुर्घटनामा परे त्यसको जवाफ गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेले दिनुपर्ने चेतावनी उनले दोहोर्याइरहे। 

अन्टसन्ट अभिव्यक्ति दिएर प्रचण्डले आफू राजनीतिक रूपमा असुरक्षित रहेको सन्देश प्रवाह गरिरहेका छन्। भरतपुरमा नै उनले आफू चुनौतीमाथि उभिएको र जता सुरक्षित हुन्छ त्यतै जाने संकेत गरेका थिए। एमालले पनि आफूहरूसँग छलफल गरिरहेको भनेर उनले कांग्रेसलाई धम्की दिएका थिए, विशेषगरी शेरबहादुर देउवालाई। प्रचण्डलगायतकै प्रयासमा प्रधानमन्त्री बनेका देउवा पनि उही मञ्चमा थिए। आफूलाई हुने फाइदाका पक्षमा जस्तोसुकै निर्णय लिन सक्ने छवि बनाएका प्रचण्डले भने, ‘कतिपय बेला एमालेका कतिपय साथीहरु होइन हामी नै मिलौँ भन्न आउँछन् आजभोलि। तर, म जनताको फैसला के हुन्छ, त्यसलाई शिरोपर गरेर अगाडि बढ्छु।’ 

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन, प्रचण्ड पहिल्यैबाट अस्थिर रहेको टिप्पणी गर्छन्। सत्ताबाहेक अरु सबथोक मिथ्या हो भन्ने धारणाबाट ग्रस्त प्रचण्डले आवश्यक पर्दा जोसँग पनि गठबन्धन गर्ने गरेको महर्जन बताउँछन्।

‘अहिले पनि गठबन्धन कुनै पनि हिसाबले टुट्नसक्ने डरले पनि त्यस्ता अभिव्यक्ति दिइरहेको देखिन्छ। प्रचण्डका शब्दहरु हेर्ने हो भने आफ्नै गठबन्धनभित्रका मान्छेलाई विश्वस्त पार्न नसकेको देखिन्छ,’ महर्जनले नेपाल समयसँग भने, ‘त्यसैले कसले कसलाई कतिबेला लडाउँछ भन्ने खालको आशंका गठबन्धनकै नेताहरुका अभिव्यक्तिमा देखिन्छ।’

महर्जनकाअनुसार विगतका गतिविधि हेर्दा पनि प्रचण्डमा कुनै कुरालाई समाएर ‘यो सही हो, म सहीको पक्षमा लाग्छु’ भन्ने अठोट देखिँदैन। हिजोआज पनि गठबन्धनभित्रैबाट धोका भएर आफू पछारिने पो हो कि भन्ने भयबाट प्रचण्ड पीडित छन्। ‘उहाँको जहिले पनि एउटा खुट्टा भुइँमा हुन्छ भने अर्को चाहिँ अन्तै टेक्न तयार भएर बसेजस्तो हुन्छ,’ प्रचण्डको राजनीतिक चरित्रको व्याख्या गर्दै महर्जनले भने।

भरतपुरको अभिव्यक्तिमा गठबन्धनबाट घात भए एमालेतर्फ पनि ढल्कने प्रचण्ड खुलाइसकेका छन्। एमालेले पनि बोलाइरहेकोले अब देखिने परिणामलाई हेरेर निर्णय दिने प्रचण्ड अभिव्यक्ति बुझ्न गाह्रो छैन। 

अर्कोतर्फ एमाले अध्यक्ष केपी ओलीले पनि आफूहरुले ठूलो भाँडोमा दूध राखिदिए बिरालो सरक्कै आउने भन्दै प्रचण्डको चरित्रमाथि व्यंग्य कसेका छन्। शनिबार विराटनगरको चुनावी सभामा अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाललगायतका नेतालाई बिरालाको संज्ञा दिए। ‘हाम्रो भान्साका बिराला त हिजोआज तपाईंका भान्सामा देख्छु नि भनेर। शेरबहादुरजीले पनि ससाना कचौरामा एक–एक कचौरा खानेकुरा ती बिरालालाई भाग लगाइदिनु भएछ। उतै गए,’ ओलीले प्रचण्डको स्वभावमाथि व्यङ्य गर्दै भनेको थिए। 

प्रकाशित: May 09, 2022| 21:08 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...