७ र ९ वर्षीय नाबालिग बलात्कार गरेकाे आरोपमा जिल्लाकाे लम्कीचुहा नगरपालिका-८ का ६२ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घाइते भएको जानकारी दिए।
आयोगले एक पटकमा २५ जनासम्मले मात्र र्याली गर्न पाउने समेत प्रस्ताव गरेको छ। यस्तै एक पटकमा १० वटा मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने प्रस्तावसमेत आयोगले दलहरूसँग प्रस्ताव गरेको हो।
नेपाली जनशक्तिलाई बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने विश्वास लिइएको छ। त्यसरी स्वास्थ्यसम्बन्धी कामका लागि बेलायत जाने नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
आउँदो ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीले भवन निर्माण पूरा नभए पनि दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिएका छन्।
देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ। दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो।