शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगको प्रस्ताव : प्रचारमा भारतीय गाडी निषेध, र्‍यालीमा २५ जना मात्र

निर्वाचन आयोगको प्रस्ताव : प्रचारमा भारतीय गाडी निषेध, र्‍यालीमा २५ जना मात्र

आयोगले एक पटकमा २५ जनासम्मले मात्र र्‍याली गर्न पाउने समेत प्रस्ताव गरेको छ। यस्तै एक पटकमा १० वटा मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने प्रस्तावसमेत आयोगले दलहरूसँग प्रस्ताव गरेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- निर्वाचन आयोगले मौन अवधिको १५ दिन अघिसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न दिने आचारसंहिता प्रस्ताव गरेको छ।  मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिताबारे सोमबार राजनीतिक दलहरूसँग गरेको छलफलमा आयोगले प्रस्ताव गरेको हो।

आयोगले एक पटकमा २५ जनासम्मले मात्र र्‍याली गर्न पाउने समेत प्रस्ताव गरेको छ। यस्तै एक पटकमा १० वटा मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने प्रस्तावसमेत आयोगले दलहरूसँग प्रस्ताव गरेको हो। 

यस्तै विदेशी नम्बर प्लेटका गाडी प्रयोगमा निषेध गर्ने आचारसिंहता बनाइएको छ। भारतीय सीमाना जोडिएका स्थानमा विगतमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग भएसँगै त्यसलाई नियन्त्रण गर्न आयोगले यस्तो प्रयास गरेको हो। 

प्रकाशित: Aug 22, 2022| 15:48 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...