काठमाडौं- काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिका बलात्कार आरोपमा प्रहरीले भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार पक्राउ गरेको छ।
उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।