मंगलबार, जेठ १९, २०८३

प्यूठानको कुडुलेमा पल्टियो जीप, ९ घाइते

भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु२ख ३५६९ नम्बरको जीप सरुमारानीको कुडुलेमा दुर्घटनामा परेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९
National life
Shivam cement

दाङ– प्यूठानको सरुमारानी गाउँपालिका–४ कुडुलेमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। दाङको भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु२ख ३५६९ नम्बरको जीप सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटनामा परेको हो।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। घाइतेमध्ये ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ। बाँकी तीन जनाको प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ब्रेक फेल हुँदा अनियन्त्रित भई जीप दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ। सडकबाट करिब २० मिटर तल खसेको जीपमा चालकसहित १४ सवार थिए।

प्रकाशित: Aug 22, 2022| 14:29 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।