मंगलबार, जेठ २६, २०८३

एउटै घोषणापत्र बनाएर चुनावमा होमिन प्रचण्ड–माधव सहमत

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेता नेपालबीच सोमबार भएको छलफलपछि आगामी चुनावमा एउटै घोषणापत्र बनाउन दुवै दल सहमत।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।

National life

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सोमबार भएको छलफलपछि आगामी चुनावमा एउटै घोषणापत्र बनाउन दुवै दल तयार भएका हुन्।

दुई दलले निर्वाचनअघि एकता संयोजन समिति घोषणा गर्नेछन्। चुनावमा एउटै घोषणापत्र र एकता संयोजन समिति घोषणा गर्न सहमत भएको नेकपा माओवादी केन्द्रका वरिष्ठ अध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

भेटमा प्रचण्ड र माधव नेपासँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपा एसका महासचिव वेदुराम भुसाल सहभागी थिए। चुनावअघि पार्टी एकता गर्न समय नपुग्ने भए पनि एकताको सन्देश दिनलाई दुई पार्टीले एकता संयोजन समिति घोषणा गर्ने भएका हुन्।

२०७४ को निर्वाचनअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले एउटै चुनावी घोषणापत्र तयार पारेका थिए भने निर्वाचनपछि पार्टी एकता गरेका थिए।

Shivam cement

प्रकाशित: Aug 22, 2022| 14:42 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...