मंगलबार, वैशाख २९, २०८३

सोमबार थपिए ६५८ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ संक्रमणमुक्त भएका छन्। हाल देशभर ४,२९६ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार हाल ४, १३४ होम आइसोलेसन, १६२ संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन्। यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ।

प्रकाशित: Aug 22, 2022| 16:28 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्