मंगलबार, जेठ ८, २०८१

ह्यारी केन: व्यक्तिगत पोल्टामा अवार्डको थुप्रो, उपाधि शून्य

प्रिमियर लिगमा सर्जियो अग्युरोको नाममा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड थियो। अब त्यो रहेन। कीर्तिमान तोड्ने उनै केन हुन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- प्रिमियर लिग क्लब टोटेनहम हट्सपर तथा इङ्ग्ल्यान्डको राष्ट्रिय टिमका फरवार्ड हुन् ह्यारी केन। २९ वर्षे केनले शनिबार राति प्रिमियर लिगअन्तर्गत उल्भ्सविरुद्धको खेलमा गोल गरे। उनको त्यही गोलले शनिबार राति घरेलु मैदानमा टोटेनहमले जित निकाल्यो। तर त्यो गोल जितको लागि मात्र थिएन। बरु त्यसले त दुई कीर्तिमान पनि बनायो।

triton college

प्रिमियर लिगमा सर्जियो अग्युरोको नाममा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड थियो। अब त्यो रहेन। कीर्तिमान तोड्ने उनै केन हुन्। त्यो कीर्तिमान हो एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको। अग्युरोले म्यानचेस्टर सिटीबाट लिगमा १८४ गोल गरेका थिए। तर लिगको तेस्रो हप्ता एक गोल गरेका केनले टोटेनहमबाट लिगमा १८५ गोल पुर्‍याए। साथै उनले टोटेनहमका लागि २५० गोल पनि पूरा गरे ।

टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनी कोन्टेले केनको प्रदर्शन विश्वस्तरीय रहेको बताएका छन्।  बीबीसीसँग कुरा गर्दै उनले भने, ‘सबैलाई थाहा छ केन हाम्रो लागि महत्त्वपूर्ण खेलाडी हुन्। उनी वास्तवमै उच्च स्तरका छन्। उनले गरेको गोलबाट धेरै खुसी छु। उनी विश्वस्तरीय खेलाडीका साथै बहुकलात्मक पनि छन्।’

कोन्टेले केनसँग काम गर्न सहज हुने बताए। उनले भने, 'म केनजस्तो खेलाडीसँग काम गर्न पाउँदा खुसी छु। उनले व्यक्तिगत रुपमै ठूलो उपलब्धि हासिल गरेका छन्। यो उनको लागि धेरै ठूलो कुरा हो। तर हामी टिमका सबै मिलेर क्लबलाई नै उपाधि दिलाउने प्रयासमा छौँ।'

केन कुन स्तरका खेलाडी हुन् भन्नेमा त शंका नै छैन तर उनको कमजोर पक्ष भनेको शून्य उपाधि हो। अहिलेसम्म कुनै उपाधि जित्न नसक्नु उनको दुर्भाग्य हो। सन् २०१६/१७ मा प्रिमियर लिगको दोस्रो स्थान र सन् २०१८/१९ को च्याम्पियन्स लिगको फाइनलमा हार्नु। यस्ता कुराले केनलाई उपाधिको मुखबाट फिर्ता पुर्याएको छ। त्यसैले त्यहाँ पुग्नु नै केनको ठूलो उपलब्धि भयो। 

उपाधिबारे सोधिएको प्रश्नमा पूर्व-सहकर्मी मुशा सिसो चाहिँ केन उपाधि जित्न योग्य रहेको बताउँछन्।  ʻकेन अरु खेलाडीझैं उपाधि जित्न चाहन्छन् र उनी त्यसका लागि योग्य पनि छन्। केन वास्तवमै उपाधि डिजर्भ गर्छन्,' उनले भनेका छन्, 'तर विभिन्न कारणले गर्दा उपाधि हात परेको छैन। त्यो क्लबको लागि दुःखद् कुरा हो। केन संसारकै उत्कृष्ट अट्याकिङ खेलाडीमध्येका एक हुन्। प्रत्येक सिजन उनी प्रिमियर लिगमा शीर्ष गोलकर्ता हुन्। केनले गरेको प्रदर्शनले उनको स्तर बताउँछ।ʼ

corrent noodles
Metro Mart

प्रिमियर लिगमा सर्जियो अग्युरोको नाममा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड थियो। अब त्यो रहेन। कीर्तिमान तोड्ने उनै केन हुन्।

केन पछिल्ला वर्षमा म्यान्चेस्टर सिटी जाने हल्ला पनि चुलिएको थियो। तर उनी गएनन्। त्यसो त उनलाई लन्डनको क्लब धेरै प्यारो छ। उनको लामो समय त्यही व्यतित भयो। सन् २००४ देखि २००९ सम्म टोटेनहमको युथ एकेडेमीमा फुटबल सिके, खेले। त्यहाँको एकेडेमीबाटै उनले सन् २००९ मा सिनियर टिममा डेब्यु गरे। तर क्लबले उनलाई लोनमा बाहिर पठायो। उनले माने अनि २०११ देखि चार सिजनसम्म लेटोन ओरिन्ट, मिलवाल, नर्विच सिटी र लेस्टर सिटीमा बिताए। अनि बल्ल २०१४-१५ को सिजनमा उनी मातृ क्लबमा फर्किए एउटा बलियो खेलाडी भएर। फर्किएकै सिजन केनले लिगको युवा वर्ष खेलाडीको अवार्ड जिते।

प्रिमियर लिगमा सर्जियो अग्युरोको नाममा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड थियो। अब त्यो रहेन। कीर्तिमान तोड्ने उनै केन हुन्।

त्यसपछि त हो उनले टोटेनहमसँग छ वर्षको सम्झौता गरेका। त्यसैबीच उनले सन् २०१६ मा फेरि क्लबसँग छ वर्षको सम्झौता थपे। जसले गर्दा उनी सन् २०२१ सम्म टोटेनहममा रहने निश्चित थियो। तर लगातार क्लबले राम्रो प्रदर्शन गर्न नसकेपछि उनी क्लबमा सन्तुष्ट थिएनन्। यद्यपि उनले क्लब छाड्ने विषयमा खुलेर कहिल्यै बोलेनन्। ११ वर्षकै उमेरमा टोटेहनमको एकेडेमीमा आएका केन मिडियामा चर्चामा त छाइरहन्छन्। तर प्रतिकृया कमैमात्र दिन्छन्। एकपटक २०२१ मा केनले क्लब छाड्ने चर्चा भयो। केनले क्लब छाड्ने चर्चा हुँदै गर्दा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले केनलाई भित्र्याउने चासो पनि देखायो।

केनले उपाधि जित्नका लागि क्लब छाड्ने बताएको हल्ला थियो। आखिर उनको प्रदर्शनलाई न्याय गर्ने हो भने उपाधिले शृंगारिक हुन जरुरी नै त थियो। त्यसैले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले केनलाई क्लबमा अनुबन्ध गर्न चासो देखाएका थिए। पेपले केनलाई भित्र्याउन प्रयास गर्ने बताए।

पेपले भनेका थिए, ʻयदि केनले क्लब छाड्ने हो भने उनलाई हामी भित्र्याउन प्रयास गर्नेछौं। किनकी केन उत्कृष्ट स्ट्राइकर हुन्। उनले उच्च स्तरमा प्रदर्शन गरिरहेका छन्। यदि टोटेनहम केनलाई बेच्न चाहँदैन भने हामी केही गर्न सक्दैनौं र केन सिटीमा अनुबन्ध हुने छैनन्। तर सम्भव भएसम्म उनलाई अनुबन्ध गर्ने प्रयासमा हुनेछौं।ʼ त्यो समय केनको ट्रान्सफर मूल्य १६० मिलियन युरो तोकिएको थियो। टोटेनहमले केनलाई विक्री नगर्ने अडान राखेपछि केनले क्लब छाड्न सकेनन्। त्यसपछि सिटीले एस्टन भिल्लाका फर्वाड ज्याक ग्रिलिसलाई १०० मिलियन युरोमा क्लब भित्र्यायो। 

टिममा राम्रा खेलाडी भए पनि प्रदर्शन नसुधारिएपछि टोटेनहमले तत्कालिन प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गर्यो। त्यसअघि रियन मेसन र नुनो इस्प्रितोको हाल पनि उही भयो। अनि बनेका हुन् कोन्टे नयाँ प्रशिक्षक। अहिले केनले क्लब छाड्ने चर्चा पनि समाप्त भएको छ। कोन्टेले नयाँ खेलाडी अनुबन्ध गर्दै टिम राम्रो बनाएर उपाधि जित्ने आश्वासन दिएका पनि छन्। 

त्यसपछिको सिजनमा क्लबले उपाधि जित्न नसके पनि च्याम्पियन्स लिगमा छनोट भयो। केन सिटी जाने सम्भावना बढेपछि प्रशिक्षक कोन्टेले उनलाई क्लबमै राख्न ठूलो भूमिका निर्वाह गरे। उनले केनलाई टोटेमहममै उपाधि जित्ने कुरामा विश्वस्त बनाए। कोन्टेले केन क्लबमा सम्झौता नवीकरण गर्ने विषयमा विश्वस्त रहेको बताएका थिए। 

उनले भनेका थिए, ʽकेनलगायत अन्य खेलाडीलाई सम्झौता नवीकरण गराउने प्रयासमा छौं। हामी सबैलाई थाहा छ, केन महत्वपूर्ण खेलाडी हुन्। विगतमा धेरै खराब सिजन क्लबमा बिताए पनि उनी अहिले क्लबमा खुशी छन्। क्लबसँग सकारात्मक छन् र क्लबमा सबै एकजुट भएर जितका लागि खेल्न हौसला दिन्छन् केन।ʼ

राम्रो टिम बनाएर उपाधि जित्नका लागि कोन्टेले रिचाल्सन, इभाग पेरिसीचजस्ता राम्रो गर्न सक्न खेलाडीलाई क्लबमा भित्र्याइसकेका छन्। टिममा उपाधि नजिते पनि केनले लिगमा तीन पटक शीर्ष गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन्। लिगमा व्यक्तिगततर्फ सबैभन्दा राम्रो उपाधि हो उनको। सन् २०१५/१६ मा २५ गोल गर्दै पहिलो पटक उनले गोल्डेन बुट जिते। त्यसपछि लगातार दोस्रो पटक सन् २०१६/१७ मा पनि उनले गोल्डेन बुट जित्न सफल भए। त्यसक्रममा उनले २९ गोल गरेका थिए। केनले अन्तिम पटक सन् २०२०/२१ मा २३ गोल गर्दै यो अवार्ड तेस्रो पटक जितेका हुन्।

- नाइन्टीमिनेट डटकम, बीबीसी, गोल डटकम आदिको सहयोगमा

प्रकाशित: Aug 22, 2022| 14:40 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।