शुक्रबार, साउन १५, २०८३

३,२०९ सवारी चालक ट्राफिक कारबाहीमा परे

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाका विभिन्न स्थानमा कारबाही गरिएको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– उपत्यका ट्राफिक प्रहरीले काठमाडौंमा एकै दिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरिएको जनाएको छ। 

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको हो। 

कारबाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्बर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ। २ हजार ७४६ जनालाई अन्य कारबाही गरिएको छ।

प्रकाशित: Aug 22, 2022| 14:06 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।