शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्डरग्राउन्ड पार्किङ क्षेत्रका पसल हटाउँदै महानगर

अन्डरग्राउन्ड पार्किङ क्षेत्रका पसल हटाउँदै महानगर

सवारीसाधनको पार्किङ गर्ने अनुमति लिए पनि व्यापार, व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले सूचना प्रकाशित गरेरै समय तोकेको थियो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– काठमाडौं महानगरले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान थालेको छ।

National life

सवारीसाधनको पार्किङ गर्ने अनुमति लिए पनि ती ठाउँमा व्यापार, व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि सूचना प्रकाशित गरेर समय तोकेको थियो।

अटेर गरेर पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो। सोमबारदेखि महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरु गरेको छ।

मेयर बालेन साहसहितको टोली सोमबार अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पुगेको छ। घर तथा भवनको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए।

प्रकाशित: Aug 22, 2022| 13:11 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।