नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा परेन। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको नाम पनि सिफारिस भएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको हो।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहनबहादुर बस्नेतको दाबी भइरहँदा गठबन्धनभित्रका हेभिवेट नेताद्वयलाई मिलाउन सकस पर्ने देखिन्छ। १ नम्बर क्षेत्रमा टिकटका लागि मारमुंग्री भए पनि...