बिहीबार, साउन १४, २०८३

ढुंगा लागेर दोलखामा एक युवकको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका-५ खानीगाउँमा निमार्णाधीन सासा हाईड्रोको विद्युत् गृह जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका-५ खानीगाउँमा निमार्णाधीन सासा हाईड्रोको विद्युत् गृह जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु भएको छ।

अर्का एक जना घाइते भएका छन्। शुक्रबार बिहान २ बजेतिर मेसिनमा चढेर सुरुङभित्र प्रवेश गर्ने क्रममा ढुंगा खसेर लाग्दा सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ का २२ वर्षीय पेम्बाछिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ।

यस्तै ढुंगा लागेर सोलुखुम्बु खुम्बुपासाङ गाउँपालिका-१ का २० वर्षीय फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन्। उनको सिंगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सासा हाईड्रोमा कार्यरत उनीहरू दुवैजना मेसिन चढेर सुरुङमा प्रवेश गर्ने क्रममा माथिल्लो क्षेत्रबाट ढुंगा खसेको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 02, 2022| 09:40 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।