बिहीबार, साउन २१, २०८३

एमालेको निर्देशन- भदौ २२ भित्र उम्मेदवार सिफारिस गरिसक्नु

नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ आकांक्षीहरूका नाम लिई उम्मेदवार सिफारिस गर्न एमालेले पार्टीका तल्ला कमिटीलाई निर्देशन दिएको हो।

अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै उम्मेदवार सिफारिस गर्नका लागि तल्ला कमिटीलाई भदौ २२ सम्मको समय दिएका छन्।

एमालेले पार्टीमा सक्रियतापूर्वक लागेको, काम गरेको र लोकप्रिय व्यक्तिलाई उम्मेदवार सिफारिस गर्दा प्राथमिकतामा राख्न पनि आग्रह गरेको छ।

एमालेको निर्देशनपछि पार्टीका तल्ला कमिटीले उम्मेदवारका नाम सिफारिस गर्न सुरु गरेको छ।

प्रकाशित: Sep 02, 2022| 09:55 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...