काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन्। महानगरका लोकनाथ पौडेल मन्त्रालयको अतिरिक्तमा तानिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन्। सूचना विभागमा महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालय आएका छन्।
अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ। बेपत्ता आयोगबाट रोशनी कुमारी श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, वित्त आयोगका शम्भु कार्की शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्ण कुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश र त्यहाँका दीपक कुमार दासलाई वित्त आयोगमा सरुवा भएको छ।