शनिबार, जेठ ३०, २०८३

म चितवन क्षेत्रनम्बर ३ बाटै चुनाव लड्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन्।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

सुर्खेत- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन्। 

National life

पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत पुगेका प्रचण्डले सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको बताउँदै उनले तत्काल एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने प्रस्ट पारेका हुन्।

‘हामी गठबन्धनभित्रै सहमतीको प्रयासमा छौं, सिट बाँडफाँडको काम अन्तिम चरणमा पुगेको छ। सिटको संख्या र निर्वाचन क्षेत्रबारे पनि टुंगो लाग्दैछ, निर्वाचनमा वर्तमान गठबन्धन नै एक भएर जान्छ,’ सुर्खेत विमानस्थलमा पत्रकारसँगको भेटमा प्रचण्डले भने।

एमाले प्रतिगमनकारी शक्ति भएकाले तत्काल सहकार्यको सम्भावना नरहेको उनको भनाइ थियो। आउँदो प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने पनि प्रचण्डले जानकारी दिए।

प्रकाशित: Sep 02, 2022| 10:42 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...