सोमबार, मंसिर १८, २०८०

दार्चुलामा जीपको नयाँ भाडा दर निर्धारण, कहाँ पुग्न कति?

दार्चुलामा छोटो दूरीका सवारीसाधनको नयाँ भाडा दर निर्धारण गरिएको छ। जिल्लाका विभिन्न रुटमा सञ्चालित सवारी साधनको नयाँ भाडा दर निर्धारण गरिएको हो।
 |  शुक्रबार, भदौ १७, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

दार्चुला- दार्चुलामा छोटो दूरीका सवारीसाधनको नयाँ भाडा दर निर्धारण गरिएको छ। जिल्लाका विभिन्न रुटमा सञ्चालित सवारी साधनको नयाँ भाडा दर निर्धारण गरिएको हो। 

sagarmatha cement

जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडा दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

यहाँका दार्चुला-गोकुलेश्वर सडक खण्ड, गोकुलेश्वर-लटिनाथ, खलंगा-दल्लेख, होपरीगाड सडक खण्ड, खलंगा-उकु, सलेती र खलंगा-हिकिला सडक खण्डमा सञ्चालनमा रहेका जीपको भाडा दर कायम गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घाराज उपाध्यायले जानकारी दिएका छन्।

पक्की सडकमा प्रतिकिलोमिटर अधिकतम ७ रुपैयाँ र कच्ची सडकखण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँका दरले भाडा निर्धारण गरिएको छ। 

पक्की सडकअन्तर्गतको खलङ्गादेखि धापसम्मको ६० रुपैयाँ, खलंगा-दत्तु १०० रुपैयाँ, खलंगा-मेलखेत १५०, खलंगा-पस्ति २२५, खलंगा-ऐरीछना २५०, खलंगा-मालिकार्जुन ३००, खलंगा-गोकुलेश्वर ४५० रुपैयाँ र गोकुलेश्वर-बलाँच १०० रुपैयाँ भाडा तोकिएको छ । यस्तै कच्ची सडकखण्डको  लटिनाथ-मकरीगाड २५०, गोकुलेश्वर-धुलिगडा (पक्की) २५०, धुलिगडा-होपरीगाड १५०, होपरीगाड-दल्लेख १५०, खलंगा काँटै ७५, खलंगा सेला १००, खलंगा-झुस्कु १२०, खलंगा-दल्लेख २५०, खलंगा -जौलजिवी २५०, खलंगा-सलेती ३५०, गोकुलेश्वर-रिठाचौपाता ३५० र खलंगा-हिकिला (चल्लेगाडा) २५० रुपैयाँ तोकिएको छ। 

यस्तै अब छोटी दूरीका सवारीसाधनले पनि यात्रुलाई टिकट अनिवार्य दिनुपर्ने र रुटअनुसार तोकिएको भाडा दर यात्रुले देख्ने गरी टाँस गर्नुपर्ने भएको छ। यसको अनुगमनसमेत गरिने जनाइएको छ। नयाँ भाडा दर शुक्रबारदेखि लागू हुनेछ।