पाल्पा- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्डको तिनाउ गाउँपालिका-५, हिउँदेखोलामा पुन: पहिरो जाँदा सवारी साधन प्रभावित बनेको छ।
बिहीबार रातिदेखिको वर्षाले भाँसिएको सडकमा बनाइएको नयाँ डाइभर्सनमै पुन: पहिरो खसेको हो। वर्षा भइरहेसँगै डाइभर्सन निर्माणको कामलाई तीव्रता दिन समस्या भइरहेको सडक डिभिजनका सूचना अधिकारी महेश्वर लम्सालले बताए।
अविरल वर्षासँगै तल्लो भागमा भाँसिने र माथिल्लो भागबाट पहिरो खस्ने गरेको उनले बताए। पहिरो खस्ने र पानी पर्ने भएपछि साना सवारी साधनसमेत सञ्चालन हुन सकेको छैन।